कर्णालीमा थप ११ मा कोरोना संक्रमण पुष्टि
कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट निको भई बिहीबार ३० जना घर फर्किएका छन्। यो सँगै कर्णालीमा कोरोना संक्रमणबाट निको हुनेको संख्या एक हजार ३ सय २१ पुगेको छ।
दैलेखको दुल्लु अस्पतालबाट १०, प्रदेश अस्पताल सुर्खेतबाट १३, चौरजहारी अस्पताल रुकुम (पश्चिम) बाट ७ जना कोरोना संक्रमणबाट निको भई घर फर्किएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिएका छन्।
बिहीबार कर्णालीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुर्खेतका ५, दैलेखका १, रुकुम पश्चिमका ४ र जाजरकोटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सँगै कर्णाली प्रदेशमा संक्रमण पुष्टि हुनेको संख्या १ हजार ५ सय ६१ पुगेको छ।
प्रदेशमा आइसाेलेसन रहेका कोरोना संक्रमित बिरामीको संख्या २ सय ३४ छ।