पहिरोमा फसेका चारजनालाई हेलिकाेप्टरबाट काठमाडौं ल्याइयो

पहिरोमा फसेका चारजनालाई हेलिकाेप्टरबाट काठमाडौं ल्याइयो

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-५ जम्बोकाे पहिराेमा परेका चारजनालाई हेलिकाेप्टरबाट उद्धार गरिएको छ। 

घाइतेमध्ये सबिता बस्नेत र सुवेश तामाङलाई कैलाश एयरको हेलिकाेप्टरबाट काठमाडौं ल्याइएको प्रहरी नायब उपरीक्षक माधव काफ्लेले बताए। 

यस्तै, फूर्वा तामाङ र एक शिशुलाई माउन्टेन एयरको हेलिकाेप्टरबाट काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको छ। 

पहिरो जाँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा निशान बस्नेत र उनकी ती वर्षीया छोरी छिन्। 

पहिरोमा पुरिएर दुईजना गम्भीर र दुईजना सामान्य घाइते छन्। 

पहिरोका कारण २० जना बेपत्ता रहेको बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बताए। 

शेर्पाका अनुसार ११ वटा घर पूर्णरूपमा पुरिएका छन्। अन्य ५० घर जोखिममा रहेको उनले बताए। 

बाढी-पहिरोको उद्धारमा नेपाल प्रहरीका ११ र नेपाली सेनाका १० जनाको टोली खटिएको छ। 


Leave a Reply

Your email address will not be published.