सरिता गिरीको सांसद पद रिक्त
तत्काल्लीन समाजवादी पार्टी हाल जनता समाज पार्टीकी सांसद सरिता गिरीको प्रतिनिधिसभा सदस्य पद रिक्त भएको छ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमले बिहीबार जारी गरेको सूचना अनुसार गिरीको समानुपातिक सांसद पद रिक्त भएको हो।
गिरीले पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै समाजवादीले कारबाही गर्दै पार्टीको साधारण सदस्य र सांसदबाट निस्काशन गर्ने निर्णय गरेको थियो। उक्त दलको केन्द्रीय समितिको बैठकले निष्काशन गर्ने निर्णय भएको पत्र संसदलाई पठाएपछि पद रिक्त भएको सचिवालयले जनाएको हो।