देशभर थप १०८ जनामा संक्रमण पुष्टि

देशभर थप १०८ जनामा संक्रमण पुष्टि

नेपालमा कोरोना भाइरसको संक्रमण घटिरहेको छ। बिहीबार देशभर १०८ जना कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफिङ कार्यक्रममा प्रवक्ता डा. जागेश्वर गौतमले थप १०८ जनामा संक्रमण पुष्टि भएको बताए।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो। बिहीबार थपिएका सहित नेपालमा संक्रमित संख्या १६ हजार ५ सय ३१ पुगेको छ।

पछिल्लो २४ घण्टामा १३९ संक्रमणबाट निको भएका छन्। हालसम्म ७ हजार ८ सय ९१ जना निको भएको मन्त्रालयको तथ्यांक छ। देशभरका २४ हजार ४ सय जना क्वारेन्टाइनमा रहेका छन्।

अस्पतालका आइसोलेसनमा संक्रमित एक्टिभ केस ८ हजार ६ सय ५ रहेको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोनाबाट संक्रमणमध्ये मृत्यु हुने संख्या ३५ पुगेको छ।


Leave a Reply

Your email address will not be published.