पाँच करोडमा बुद्ध धर्मग्रन्थ बिक्री गर्न खोज्ने ६ पक्राउ 

पाँच करोडमा बुद्ध धर्मग्रन्थ बिक्री गर्न खोज्ने ६ पक्राउ 

लामा भाषामा लिखित पुरानो बुद्ध धर्मग्रन्थ पाँच करोडमा बिक्री गर्न लागेका बखत ६ जना पक्राउ परेका छन्। 

महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले धर्मग्रन्थको १६ पानासहित बुधबार ६ जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा खोटाङ दिक्तेल-४ का गहेन्द्रसिंह आत्रय, काभ्रे पाँचखाल-३ का जनक गिरी, ओखलढुंगा मानेभन्ज्याङ-१ का सुवासकुमार बस्नेत, ओखलढुंगा सुनकोसी-२ का हरिबहादुर लामिछाने, काठमाडौं तारकेश्वर-११ का राजेन्द्रबहादुर जोशी र नुवाकोट ककनी-८ का रोशन तामाङ छन्। 

चन्द्रागिरि-१५ ढुंगेअड्‌डामा मोलमोलाइ गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।

सुनले लेखिएको भनिएका ती धर्मग्रन्थ बहुमूल्य मानिएको छ। तथापि, सुनद्वारा लिखित हो/हैन परीक्षण गर्ने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए।


Leave a Reply

Your email address will not be published.