सुदूरपश्चिममा थपिए ३५ कोरोना संक्रमित
पछिल्लो २४ घण्टाको अवधीमा सुदूरपश्चिम प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ३ हजार ९ सय ६ गुगेको छ।
पछिल्लो २४ घण्टाको अवधीमा धनगढीमा भएको परीक्षणमा १६, डडेल्धुरामा भएको परीक्षणमा १६ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा तीन गरी सुदूरपश्चिममा ३५ जनामा कोरोना पुष्टि भएको हो।
संक्रमण पुष्टि हुनेमा बझाङका १६, कैलालीका ८, अछामका चार, बाजुरा, डोटी र कञ्चनपुरका दुई दुई जना तथा दार्चुलाका एक जना रहेका छन्। आज थपिएका मध्य डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा बझाङका १६ जनामा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा डोटीका दुई र दार्चुलाका एक जना र धनगढी प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ८ महिला र ८ पुरुष गरी १६ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन्।
सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म सबैभन्दा बढि कैलालीका नौ सय ८, अछामका ६ सय २४, बाजुराका ६ सय १५, डोटीका पाँच सय ७७, कञ्चनपुरका चार सय ४३ जना, डडेल्धुराका दुई सय ८०, बैतडीका दुई सय ७४, बझाङ एक सय ६६ र दार्चुलामा १९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। संक्रमित मध्य ८ जनाको मृत्यु भएको छ भने नौँ सय ३८ जना कोरोना मुक्त भएर घर फकेर्का छन्।