नारायणकाजी भन्छन्- गुप्तचर आएर मलाई भेटेको छैन, खबरदार!
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय गुप्तचर पदाधिकारीहरू नेपाल आएर भेटेको भन्ने कुरा गलत भएको बताएका छन्।
ट्वीटरमा लेख्दै श्रेष्ठले भारतीय अनलाइन मिडियाहरूले गुप्तचर पदाधिकारीहरू नेपाल आएर श्रेष्ठलगायत नेकपाका नेताहरूसँग भेटेको समाचार लेखेको भन्दै आपत्ति जनाएका हुन्।
‘म, हाम्रो पार्टी र अन्य पार्टीका विभिन्न नेताहरुलाई भेट गरेको भन्ने एउटा भारतीय अनलाइन मिडियाले प्रचार गरेको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। आए, नआएको सरकारले स्पष्ट पार्न सक्ला। तर, म सँग भेटेको भन्ने पूरै झुठ हो। खबरदार!,’ श्रेष्ठले भनेका छन्।
नेपाल कम्युनिस्ट पार्टी अहिले आन्तरिक द्वन्द्वमा छ।