सदस्य माेहना अन्सारीको ट्वीट ‘खेदजनक’ : मानवअधिकार आयोग 

सदस्य माेहना अन्सारीको ट्वीट ‘खेदजनक’ :  मानवअधिकार आयोग 

राष्ट्रिय मानवअधिकार आयोगले आयोगकी सदस्य मोहना अन्सारीको ट्वीटलाई ‘खेदजनक’ भन्दै ध्यानाकर्षण भएको जनाएको छ। 

गत असार २३ गते अन्सारीले समाजवादी पार्टीले आफ्ना संसद सदस्य सरिता गिरीमाथि आफ्ना विधान र राजनीतिक दलसम्बन्धी ऐनबमोजिम कारबाही गर्ने विषयमा गरेको कारबाहीलाई ‘खेदजनक’ भन्दै ट्वीट गरेकी थिइन्। 

‘संविधान कानुन र दलको विधानले दिएको अधिकार प्रयोग गरी सरिता गिरीमाथि गर्न लागेको कारबाहीलाई ‘खेदजनक’ तथा ‘कथित छानबिन प्रतिवेदन’ भनी दलको अधिकारलाई निस्तेज पार्नेगरी सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको भनाइलाई आयोगले अस्वीकार गर्दछ,’ आयोगका अध्यक्ष अनुपराज शर्माले विज्ञप्तिमा भनेका छन्, ‘यस आयोगबाट यही असार १५ मा सदस्यहरुलाई भ्रम सिर्जना हुनेगरी नबोल्न सचेत गराइएको हो।’

 यस किसिमको भनाइ ट्वीटरमा आउनु खेदजनक रहेको शर्माले उल्लेख गरेका छन्। उनले त्यसमा कोही पनि भ्रममा नपर्न जानकारी गराइएको बताएका छन्। 


Leave a Reply

Your email address will not be published.