सार्वजनिक सवारी सञ्चालन गर्न दिने सरकारको निर्णय

सार्वजनिक सवारी सञ्चालन गर्न दिने सरकारको निर्णय

सरकारले उपत्यकाभित्र सार्वजनिक सवारी चलाउन दिने निर्णय गरेको छ। 

बिहीबार मन्त्रिपरिषद्‌का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक सवारी सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिए।

सुरक्षाका मापदण्ड पूरा गरेर भोलिदेखि सार्वजनिक यातायात सञ्चालन हुने जनाएका हुन् । काठमाडौं उपत्यका बाहिर जान र भित्रिन नपाउने गरी सवारी साधनमा जोर–विजोर प्रणाली यथावत राखिने छ । 

एक जिल्लाभित्र मात्रै सार्वजनिक सवारी चल्न पाउनेछ । त्यसमा प्रचलित भाडामा ५० प्रतिशत बढी लिन पाउने गरिएकाे छ।

सार्वजनिक सवारी साधनमा क्षमताको भन्दा ५० प्रतिशत कम यात्रु राख्नुपर्ने हुन्छ। सबैले अनिवार्य मास्क लगाउने, स्यानिटाइजर राख्नुपर्ने र दुरी कायम गर्नुेपर्ने जनाइएको छ। तोकेको मापदण्ड पूरा गरेमा यातायात व्यवसायीले सवारी साधन सञ्चालन गर्न सक्नेछन् ।

त्यस्तै सुरक्षाका मापदण्ड पूरा गरेर ट्याक्सी पनि चलाउन पाइने छ।  काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्र र उपत्यकाबाहिर बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सार्वजनिक यातायात सञ्चालन गर्न पाइने छ। 

यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णय

 


Leave a Reply

Your email address will not be published.