ख्वपको पहिचानका लेखकहरूसँग छलफल

ख्वपको पहिचानका लेखकहरूसँग छलफल

भक्तपुर नगरपालिकामा भक्तपुर नगरपालिकाको स्थानीय पाठ्यक्रमको सन्दर्भ सामग्री ख्वपको पहिचान (भक्तपुरको पहिचान) लेखकहरूसँग  बिहीबार छलफल भएको छ।

कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले नगरभित्र सञ्चालित सामुदायिक र संस्थागत गरी ९२ वटा विद्यालयमा एकैसाथ लागु हुने गरी स्थानीय पाठ्यक्रमको पठनपाठन भइरहेको बताए। पाठ्यक्रमलाई सहजीकरण गर्ने उद्देश्यले भक्तपुर नपाले सन्दर्भ सामाग्रीको प्रकाशन गरेको उनले बताए। 

उनले भक्तपुर जिल्लाको अध्ययन र अनुसन्धान गर्ने विद्यार्थी, शिक्षक, पत्रकार र अन्य अनुसन्धानकर्ताहरूका लागि यो पुस्तक पठनीय हुनेमा उनले विश्वास व्यक्त गरे। 

कार्यक्रममा सहभागी लेखकहरूले ख्वपको पहिचान पुस्तकमाथि रचनात्मक सुझाव प्रस्तुत गरे। उनीहरूले पुस्तकमा समावेश लेखहरू भक्तपुरको पहिचान झल्काउने महत्वपूर्ण पुस्तक भएको, हरेक लेखलाई विज्ञानसँग जोड्नुपर्ने, मुद्राराक्षसमा भएका त्रुटीहरुलाई आगामी दिनहरुमा परिस्कृत गर्दै लानुपर्ने, लेखसँग सम्बन्धित तस्बीर राखिनु उचित हुनेलगायतका सुझाव दिए। 

ख्वपको पहिचान सन्दर्भ सामग्री भाग १ को मिति २०७७ असार २३ गते सार्वजनिकीकरण गरिएको थियो। स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेँले दोस्रो भाग पनि छिटै नै तयारी गर्ने बताए।


Leave a Reply

Your email address will not be published.