बाँकेमा फेरि संक्रमित भेटिन थाल्याे

बाँकेमा फेरि संक्रमित भेटिन थाल्याे

केही दिनसम्म कोरोना भाइरस संक्रमित नभेटिएको बाँकेमा फेरि कोरोना संक्रमित संख्या बढ्न थालेको छ। बिहीबार नेपालमा थप १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा  बाँकेमा पनि दुईजना संक्रमित थपिएको हो। 

भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परीक्षणमा राप्तीसोनारी गाउँपालिका–२ का २७ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–६ का ३१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। 

योसँगै बाँकेमा कोरोना संक्रमित संख्या ३ सय ७२ पुगेको छ। ३ सय ४८ जना निको भएर घर फर्किएकोमा २ जनाको भने मृत्यु भएको छ।
 


Leave a Reply

Your email address will not be published.