सडक विभागका इन्जिनियरविरुद्ध सवा दुई करोडको भ्रष्टाचार मुद्दा

सडक विभागका इन्जिनियरविरुद्ध सवा दुई करोडको भ्रष्टाचार मुद्दा

सडक विभाग अन्तर्गत मध्यपहाडी पश्चिम (पुष्पलाल) लोकमार्ग सडक आयोजना दाङका सिनियर डिभिजनल इन्जिनियर जितेन्द्र राज शाक्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार इन्जिनियर शाक्यविरुद्ध २ करोड २५ लाख ४ हजार १० रुपैयाँ ७८ पैसा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो।

आपसी मिलेमतोमा इन्जिनियर शाक्यले १०५ वटा नक्कली कोटेशन बनाई अकुत सम्पत्ति आर्जन गरेको उजुरीको आधारमा आयोगले अनुसन्धान थालेको थियो।

अनुसन्धानको क्रममा शाक्यले वैध आम्दानी १ करोड ५६ लाख ६ हजार ४ सय ८० रुपैयाँ ९ पैसा मात्रै देखाएका थिए। तर, लगानी र खर्च ३ करोड ८१ लाख १० हजार ४ सय ९० रूपैयाँ ८६ पैसा  देखिएको आयोगको आरोप पत्रमा उल्लेख छ।

२ करोड २५ लाख ४ हजार १० रुपैयाँ ७८ पैसाको स्रोत खुल्न खुलेको छैन। स्रोत नखुलेको सम्पत्ति उनले गैरकानुनी रुपमा आर्जन गरेको अख्तियारको ठहर छ।

शाक्य २०३४ साउन २ गते सार्वजनिक सेवामा प्रवेश गरेका थिए । सेवा प्रवेश गरेदेखि २०७६ असार ३१ गतेसम्म शाक्यले आर्जन गरेको सम्पत्तिमाथि आयोगले छानविन गरेको जनाएको छ। 

गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति उनले आफू लगायत श्रीमती मिथिला शाक्यको नाममा जग्गा खरिद गरेको, बैङ्क तथा वित्तीय संस्थाहरूमा जम्मा गरेको, दुई जना छोरीहरूलाई विदेश तथा स्वदेशमा पढाउन खर्च गरेको, शेयर खरिद, सवारी साधन खरिद, बैंकमा मुद्दति खाता खोली रकम जम्मा गरेको पाइएको आयोगको आरोप पत्रमा उल्लेख छ।


Leave a Reply

Your email address will not be published.