भक्तपुरमा कोरोनाविरुद्ध अभियान

 भक्तपुरमा कोरोनाविरुद्ध अभियान

स्काउटले भक्तपुरमा बिहीबारबाट कोरोना भाइरसविरुद्ध अभियान सञ्चालन गरेको छ। 

भक्तपुर नगरपालिका र मध्यपुर थिमि नगरपालिकामा यो अभियानमा सुरु गरिएको नेपाल स्काउट भक्तपुरका प्रमुख आयुक्त रामगोपाल कर्माचार्यले बताए।

अभियान अन्तर्गत रोगबाट बच्न घरबाहिर निस्कदा मास्क लगाउने, भौतिक दूरी कायम गर्ने र साबुन पानीले हात धुन सर्बसाधारणलाई अनुरोध गरिएको छ।

नेपाल प्रहरीको साथमा यो अभियानलाई निरन्तरता दिने प्रयास गरिने जनाइएको छ। यसअघि पनि भक्तपुर स्काउटले यसै अभियानलाई सञ्चालन गर्दै आएको थियो। 

 


Leave a Reply

Your email address will not be published.