कोरोना ‘समात्न’ र ‘मार्न सक्ने’ उपकरणको आविष्कार हुँदै

कोरोना ‘समात्न’ र ‘मार्न सक्ने’ उपकरणको आविष्कार हुँदै

कोभिड-१९ को संक्रमण गराउने भाइरस सार्स-सिओभि-२ लाई ‘समात्न’ र ‘मार्न सक्ने’ अति विशेषीकृत ‘एयर फिल्टर’को आविष्कार वास्तविकताभन्दा एक कदम नजिक पुगेको छ। 

यूनिभर्सिटी अफ हस्टज, यूनिभर्सिटी अफ टेक्सास र मेडिस्टार कर्पोरेशनको अनुसन्धानकर्ताहरूको एक समूहले मटेरियल टुडे फिजिक्स जर्नलमा एउटा शोध प्रकाशित गरी तातो हावाको बिसंक्रमण प्रणालीअन्तर्गत निकेलमा आधारित फम फिल्टरलाई २ सय डिग्री सेल्सियसको तापक्रममा तताउँदा ९९.८ प्रतिशत सार्स-सिओभि-२ लाई प्रभावकारी रुपमा हटाउन वा मार्न सकिने प्रक्रियाको वर्णन गरेका छन्। 

शोधका सहलेखक डाक्टर झिफे¨ रेनले अस्पताल, विद्यालय, विमानस्थल, विमान, रेष्टुराँ तथा होटल, पानीजहाज, घर एवं कार्यालयमा हावा शुद्धिकरण (एअर फिल्ट्रेसन) प्रणालीको अंगको रुपमा यस विशेषीकृत फिल्टरको स्थापनाले भाइरसको जोखिमलाई अत्याधिकरूपमा कम गर्ने बताए।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस हावामा तीन घन्टासम्म बाँच्न सक्ने जनाएको परिप्रेक्षमा यस उपकरणलाई भविष्यको कोभिड-१९ जोखिम निवारण योजनाको रुपमा अगाडि बढाइनुपर्ने उनले जनाए।  

‘यस एअर फिल्टरको भाइरस संक्रमणलाई नियन्त्रण गर्नसक्ने प्रभावकारी क्षमता समुदायको लागि बरदान साबित हुनसक्छ,’ उनी भन्छन्।

स्वास्थ्य सामग्रीको निर्माता मेडिस्टार कर्पोरेशनले अनुसन्धानकर्तासँगको सहकार्यमा टेबलमा राख्न मिल्ने र सजिलै यताउता लैजान सकिने डेस्कटप नमूनामा आधारित एअर फिल्टरको पनि परिकल्पना गरेको छ।

यसले कार्यालयमा अन्य सहकर्मी नजिकको एवं वरपरको हावालाई चाल्दै शुद्ध गराउने क्षमता राख्नेछ। 

विशेषगरी वातावरण अनुकुलीत कक्ष (एअर कन्डिसन्ड स्पेश) को व्यवस्था भएको स्थानमा व्यवसायलाई सुरक्षित तरिकाले पुर्नसञ्चालनमा ल्याउन सकियोस् भन्ने हेतुले मेडिस्टारले यस्तो अवधारणामाथिको कामलाई अघि सारेको हो।

यसैको फलस्वरूप अस्पताल, विद्यालय,चिकित्सकको कार्यालय, हवाइजहाज, सावर्जनिक यातायात लगायत उच्च जोखिम क्षेत्रलाई कम्पनीले प्राथमिकतामा राखेको बताएको छ।  

कम्पनीका कार्यकारी उपाध्यक्ष गेरेट के पिलले अबको दुई महिनाभित्र उच्च जोखिमका रहेका ºलोरिडा, टेक्सास र एरिजोना लगायतका सहरमा उक्त फिल्टरलाई प्रयोगमा ल्याउन उत्पादन साझेदारले काम गरिरहेको जानकारी दिए। 

यो यन्त्रले २ सय डिग्री सेल्सियस तापक्रममा निकेलमा आधारित फमलाई तताउने भएता पनि यसबाट आगो लाग्ने जोखिम भने पटक्कै नरहेको पनि अनुसन्धानकर्ताहरुको दाबी रहेको छ। 

त्यसोत अनुसन्धानकर्ताले यस यन्त्रले  व्यक्ति व्यक्तिबीचको भाइरसको संक्रमणलाई निवारण गर्न नसकेता पनि निश्चित स्थान वा कोठाभित्र भने उच्च तापक्रमको श्रृजनाद्वारा भाइरसलाई पाँच मिनेटभित्र मार्ने दाबी गरेका छन्।

उनीहरूले यस फिल्टरको प्रयोगात्मक परीक्षण सञ्चालन गर्दा यस उपकरणले ९९.८ प्रतिशत सार्स-सिओभि-२ मार्न सफल भएको बताइएको छ। 

ब्राउन विश्वविद्यालयको उपप्राद्यापक मेगान रेनीले यस्तो नयाँ एअर फिल्टरले मात्र कारोनाविरुद्धको लडाइँलाई जित्न नसकिने प्रतिक्रिया दिए। 

‘यस फिल्टरमात्र पर्याप्त हुँदैन। यदि यसले साँच्चै नै काम गर्न सकेको अवस्थामा पनि यसले बढीमा पनि बन्द कोठाभित्र भाइरसको सञ्चारलाई रोक्नेमात्र हो,’ उनले बताए, ‘हामीलाई अझै पनि माष्क र परीक्षणको साथसाथै जनस्वास्थ्यका अन्य सबै विधिको खाँचो रहिरनेछ।’ -अनुदित


Leave a Reply

Your email address will not be published.