लमजुङमा पहिराे- एकै परिवारका तीनजनाकाे मृत्यु
लगातारको वर्षासँगै लमजुङको बेसिशहरमा पहिरो गएको छ।
बेसिशहर नगरपालिका वडा नम्बर ७ सातबिसेमा पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो।
बेसिशहरका मेयर गुमानसिंह अर्यालका अनुसार ढुंगासहितको पहिरोले घर पुरिँदा दीपक तामाङ, उनकी श्रीमति बिमला र छोरा सुमनको ज्यान गएको हो।
पहिरोमा पुरिएर ६ जना घाइते भएका छन् जसमध्ये ३ जनाको अवस्था गम्भीर छ। उनीहरुको जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुासार पहिरोमा पुरिएर घाइते भएका उनीहरुलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।