नेकपा स्थायी कमिटी बैठक स्थगित, बाढीपहिरो पीडितको उद्धारमा लाग्न निर्देशन

नेकपा स्थायी कमिटी बैठक स्थगित, बाढीपहिरो पीडितको उद्धारमा लाग्न निर्देशन

सत्तासिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बाढीपहिरो पीडितको उद्धार एवं राहत वितरणमा लाग्न निर्देशन दिएको छ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टीपंक्तिलाई उद्धार एवं राहतमा लाग्न र आसन्न सम्भावित क्षति सकेसम्म रोक्न निर्देशन दिइएको छ।

देशभर भइरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायतका जिल्लामा भएको क्षति दृष्ट्रिगत गर्दै नेकपा स्थायी कमिटी बैठक पनि स्थगित भएको छ। 

प्रवक्ता श्रेष्टले ट्वीट गर्दै स्थायी कमिटीको बैठक ७ दिनका लागि स्थगित भएको जानकारी दिएका हुन्। नेकपा स्थायी कमिटी बैठक पछिल्लाे पटक बस्दै नबसी स्थगित हुँदै आएकाे छ।

यसैबीच, नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल निरन्तर रहने प्रवक्ता श्रेष्ठले बताए। 

‘वर्षाका कारण अहिले स्थायी समिति बैठक स्थगित भए पनि दुई अध्यक्षबीचको छलफल चलिरहने छ, पार्टीका समस्या समाधान गर्ननिम्ति उहाँहरू जुट्नु हुनेछ,’ श्रेष्ठले आयोमेलसँग भने।


Leave a Reply

Your email address will not be published.