पश्चिम रुकुममा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु

पश्चिम रुकुममा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु

पश्चिम रुकुममा पहिरोले एउटा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ।

आठबिसकोट नगरपालिका  ३ को स्यालाखदीमा शुक्रबार बिहान पहिराले घर पुरिँदा आमा सीता दमाई र उनका ६ वर्षी छोरा हाविलको मृत्यु भएको हो।

उपमेयर गीता नेपालीका अनुसार सीताकी छोरी हिरा घाइते भएकी छन्।  

लगातारको वर्षाका कारण पहिरो गएको बताइएको छ।  


Leave a Reply

Your email address will not be published.