म्याग्दीमा पहिरो : ३० जना बढी बेपत्ता, पक्की पुलमा क्षति

म्याग्दीमा पहिरो : ३० जना बढी बेपत्ता, पक्की पुलमा क्षति

अविरल वर्षाले म्याग्दीका विभिन्न ठाउँमा गएको पहिरोमा ३० जनाभन्दा बढी बेपत्ता भएका छन्। धौलागिरी गाउँपालिका ६ का २२ जना र मालिका गाउँपालिका ७ का १० जना वेपत्ता भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले आयोमेललाई जानकारी दिए। 

हराएकाको खोजीका लागि सुरक्षाकर्मी परिचालन भइसकेको प्रजिअ ढकालले बताए । उनले भने, ‘पहिरोमा पुरिएकाको मृत्यु हुने सम्भावना बढी छ । हेलिकोप्टर पनि बोलाएका छौं।मौसम खराब भयो।’

त्यस्तै जिल्लाका दुई पालिका जोड्ने पुलमा क्षति पुग्दा आवतजावत ठप्प बनेको छ। रघुगंगा गाउँपालिका–३ पिप्ले र बेनी नगरपालिका–९ घतान जोड्ने मोटरेबल पुल रघुगंगा नदिले क्षति पुगेको हो। नदीको बहाब उच्च भएसँगै पुल बगेपछि रघुगंगा गाउँपालिका, अन्नपूर्ण गाउपालिका र मुस्ताङ जाने बाटो बन्द भएको छ।


Leave a Reply

Your email address will not be published.