नारायणी नदीले सतर्कता तह नाघ्याे, आजै खतरा तहमा पुग्न सक्ने

नारायणी नदीले सतर्कता तह नाघ्याे, आजै खतरा तहमा पुग्न सक्ने

नारायणी नदीले जलसतहको सतर्कता तह पार गरेको छ। नारायणी नदी देवघाट बाढी मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले सतकर्ता तह पार गरेर ७ दशमलब ४४ मिटर पानीको सतह मापन गरिएको छ।

नारायणी नदीको सतर्कता तह ७ दशमलब ३ मिटर हो। आज नै खतरा तह पुग्न सक्ने, चितवन र नवलपरासीको तटीय क्षेत्रमा बेलुकासम्म उच्च सतर्कता केन्द्रले आमसर्वसाधरणलाई आग्रह गरेको छ।

८ मिटर पानीको बहाव पुगेमा नारायणी नदीमा खतराको लेबल मान्ने गरिन्छ। खतराको लेवल पुग्नका लागि ० दशमलब ५६ मिटर पानीको बहाव बढ्नुपर्नेछ।

पानीको बहाव बढेर खतरा नजिक पुगेपछि जिल्ला प्रशासन कार्यालय चितवनले त्यस क्षेत्रका स्थानीयलाई सजग हुन आग्रह गरेको छ। नारायणी नदीले महानगरपालिकाभित्रका मंगलपुर, गाँजीपुर, गोलाघाट, रामघाट क्षेत्रमा डुबान गर्ने गर्दछ।

त्यस्तै नवलपुरतर्फ  सुस्ता, प्रतापपुर, सरावल र पाल्हीनन्दनका ४० बढी गाउँ डुबानमा हुने गर्दछ ।

यसैबीच चितवनमा लगातार वर्षा भइरहेको छ। विशेषगरी जिल्लाको माडी क्षेत्रको बनकट्टा, कल्याणपुर र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ।

रिउखोलामा जलसतह सतर्कतासम्म पुग्न सक्ने भएकाले माडी नगरपालिकाको तटीय क्षेत्रमा आज सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

चितवनमा विशेष गरी नारायणी, रिउ, राप्ती खोलाबाट बाढी आउने खतरा छ। अहिलेसम्म चितवनमा बाढीले क्षति भने कुनै पुर्याएको छैन। 


Leave a Reply

Your email address will not be published.