६ करोडभन्दा बढी कर छली गर्ने उद्योगहरूविरुद्ध मुद्दा 

६ करोडभन्दा बढी कर छली गर्ने उद्योगहरूविरुद्ध मुद्दा 

कर छली गरेको आरोपमा बुटवलको श्याम ग्लास इन्डष्ट्रिजविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ। विभागका अनुसार ६ करोड ६ लाख २५ हजार २ सय ८२ रुपैयाँ बिगो दाबी गर्दै उच्च अदालत तुल्सिपुर, बुटवलमा मुद्दा दायर गरिएको हो। 

इन्डष्ट्रिजले सरकारलाई तिर्नुपर्ने कर नतिर्ने तथा उत्पादन गरिएका वस्तुमा अन्त:शुल्क नलिएर राजश्व छली गरेको भन्दै विभागले मुद्दा दायर गरेको हो। 
त्यस्तै कर छलीकै आरोपमा महाशक्ति गुट्खा उद्योगविरुद्ध पनि मुद्दा दायर भएको छ। उद्योगसँग ६३ लाख ८ हजार सय ६ रुपैयाँ बिगो दाबी गरिएको छ। 

त्यस्तै काठमाडौंमा कपडा आयात गर्ने विभिन्न १४ वटा फर्महरुबाट ३० लाख ७५ रुपैयाँ जरिवाना असुल गरिएको पनि विभागले जनाएको छ। 


Leave a Reply

Your email address will not be published.