थपिए  शिवसताक्षीमा अर्का कोरोना संक्रमित  

थपिए  शिवसताक्षीमा अर्का कोरोना संक्रमित  

झापाको शिवसताक्षी नगरपालिकामा एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ। शिवसताक्षी नगरपालिका ६ का ३२ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको हो। उनी कतारबाट आएका व्यक्ति भएको  वडाध्यक्ष मनोज कार्की (खुलाल) ले बताए।

ती युवा सतासी प्रावि क्वारेन्टाइनमा बसेका व्यक्ति हुन्। असार २२ गते ५७ जनाको स्वाब संकलन गरी  परीक्षणका लागि पठाइएको र तीमध्ये एकजनामा नतिजा  पोजिटिभ देखिएको वडाध्यक्ष कार्कीले जानकारी दिए। उनलाई उपचारका लागी मोरङको गोठगाउँ पठाइएको छ । 

योसँगै शिवसताक्षीमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । त्यसमध्ये दुईजना निको भएर घर फर्किसकेका छन्। अहिलेसम्म झापामा संक्रमितको संख्या २ सय ९८  पुगेको छ।


Leave a Reply

Your email address will not be published.