नेपाली बजारमा २ लाखकाे एप्पल म्याकबुक-प्राे आउँदै

नेपाली बजारमा २ लाखकाे एप्पल म्याकबुक-प्राे आउँदै

एप्पलको आइफोन एसई, म्याकबुक नेपाली बजारमा आउने भएको छ। नेपालका लागि एप्पलको आधिकारिक बिक्रेता जेनरेसन नेक्स्ट कम्युनिकेसन प्रालिले आइफोन एसई, म्याकबुक जुलाईभित्र नेपाली बजारमा आउने जनाएको छ।

नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादन (म्याकबुक, आइप्याड, आइम्याक) को एकमात्र वितरक जेन नेक्स्टले आइफोन जुलाईभित्र आईफोन एसई सार्वजनिक गर्ने जानकारी दिएको हो।

आइफोन एसई, म्याकबुक ६४ जीबी, १२८ जीबी र २५६ जीबीमा कालो, सेतो र रातो कलर अप्सनमा उपलब्ध हुने बताउँदै खरिदमा भारी छुटको समेत व्यवस्था गरिएको जनाइएको छ।

म्याकबुक प्रोको खुदमूल्य २ लाख १७ हजार ५ सय रुपैयाँ छ भने छुटपछि १ लाख ७८ हजार कायम गरिएको छ। म्याक–प्रो पुरानो मोडेलको खुद मूल्य १ लाख ८८ हजार ५ सय रहेकोमा छुटपछिको मूल्य १ लाख ६५ हजार कायम गरिएको छ।

बिक्रेता जेन नेक्स्टले ग्राहकलाई असली एप्पल उत्पादनहरू आधिकारिक च्यानलबाट मात्र खरिद गर्न आग्रह गर्नुका साथै  सक्कली भ्याट बिल लिन र एप्पलका उत्पादनमा १ वर्षको वारेन्टीसमेत दिइने जानकारी दिएको छ।

एप्पल ब्रान्डमा ठगी हुनसक्ने भन्दै कप्पनीले आफ्ना आधिकारिक डिलर इभो स्टोर, ओलिज, फ्युचर वल्र्ड, आइस्टोर, राइजिङ मल, क्वालिटी कम्प्युटर (बिर्तामोड, झापा), मोबाइल ट्रोन, फ्युचर टेक ट्रेडबाट मात्रै  खरिद गर्न समेत अनुरोध गरेको छ।

यस्तो छ एप्पल ब्रान्डको मूल्यसूची

 

 

 


Leave a Reply

Your email address will not be published.