एक करोड अनुदानमा १५ सहकारीमार्फत उद्यमी तालिम 

एक करोड अनुदानमा १५ सहकारीमार्फत उद्यमी तालिम 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा स्याङ्जा जिल्लाका विभिन्न सहकारी संस्थामार्फत सीपमूलक, व्यवसायिक एवं उद्यमी तालिमरकार्यक्रम सम्पन्न गरिएका छन्। 

मन्त्रालयले स्याङ्जा जिल्लाका विभिन्न १४ वटा सहकारी संस्थालाई उपलब्ध गराएको एक करोड अनुदानबाट ती सहकारी संस्थाले १५ वटा सीपमूलक, व्यवसायिक उद्यमी तालिम तथा कार्यक्रम सम्पन्न गरिएका हुन्। 

त्यस अवसरमा अचार बनाउने, च्याउ खेती गर्ने, ढाँका बुन्ने, मौरीपालन लगायतका उद्यमशिलता तालिम सम्पन्न गरिएका हुन्। मौरीका घार लगायत उद्यमी बन्नका लागि आवश्यक उपकरणसमेत उपलब्ध गराइएको थियो। 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले हरेक व्यक्तिलाई सीप सिकाउदै आत्मनिर्भर तथा व्यवसायमूखी बनाउन जरुरी रहेको बताइन्। भिडियो संवादमार्फत अर्यालले अब गाउँमा नै आर्थिक सम्भावनाको खोजी गर्नुपर्ने बताइन्। 


 


Leave a Reply

Your email address will not be published.