बैंकिङ कसुर: अदालतबाट दाेषी ठहरिएका फरार अभियुक्त पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) ले बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहरिएका दुई अभियुक्तलाई पक्राउ गरेको छ।
सिआईबीले उच्च अदालत पाटनको फैसलाबाट दोषी ठहर भएका काठमाडौंको ताम्सिपाखाकी सुनिता चित्रकार र कलंकीका मनोजलाल सिंह सुवाललाई पक्राउ गरेको हो।
उच्च अदालत पाटनले चित्रकारलाई गत माघ १८ तीन दिन कैद र ६ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो। त्यसैगरी, उच्च अदालत पाटनले नै गत फागुन २६ गते सुवाललाई सात दिन कैद र १० लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो।
दुवै अभियुक्त फरार रहेकाेमा रविभवन र स्वयम्भूबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौं बुझाइएको सिआईबीले जनाएको छ।