लकडाउन अवधिको शुल्क नलिन निजी विद्यालयलाई नेविसंघ (वीपी) को चेतावनी

लकडाउन अवधिको शुल्क नलिन निजी विद्यालयलाई नेविसंघ (वीपी) को चेतावनी

नेविसंघ (वीपी) ले निजी विद्यालय सञ्चालकले अभिभावकहरूलाई अनावश्यक तनाव दिएर शुल्क बुझाउन ताकेता गरेको विषयमा ध्यानाकर्षण भएको बताएको छ।

नेविसंघ (वीपी) का महामन्त्री विकाश पाण्डेले विज्ञप्ति जारी गरी निजी विद्यालयलाई लकडाउन अवधिको शुल्क नलिन चेतावनी दिएका हुन्।

कोरोनाका कारण उत्पन्न लकडाउन भएको अवस्थामा निजी विद्यालय सञ्चालकहरूले व्यापारिक हिसाबले रकम असुली गरेको पाण्डेको ठहर छ।

‘एकतर्फी रुपमा अभिभावकलाई दबाब दिई शुल्क बुझाउन दबाब दिएमा स्कुल प्रशासनविरुद्ध कडा कदम चाल्न बाध्य हुनेर त्यसको जिम्मेवार स्वयं स्कुल प्रशासन हुने छन्,’ विज्ञप्तिमा भनिएको छ।

स्कुल सञ्चालकलाई परेको अप्ठ्यारो स्थितिको सामाधान गरिदिन सरकारलाई पनि आग्रह गर्दै स्वास्थ शिक्षा जस्ता अत्यावश्य सेवा माफियालाई नदिइ सरकारीकरण गर्न पनि पाण्डेले माग गरेका छन्।


Leave a Reply

Your email address will not be published.