अनुदानको मल बिक्री गर्ने पसललाई २० हजार जरिवाना

अनुदानको मल बिक्री गर्ने पसललाई २० हजार जरिवाना

सहकारीमार्फत उपलब्ध हुने मल पाउन किसानहरूलाई धौ-धौ परिरहेको समयमा बाँकेमा पसलमा मल बिक्री भइरहेको पाइएको छ। 

कृषकलाई अनुदानमा उपलब्ध गराइने मल व्यवसायीको पसलमा बिक्रीका लागि राखेको भेटिएको छ। बजार अनुगनमका क्रममा कोहलपुरको एक एग्रोभेटमा साल्ट टेड्रिङ्ग कर्पोरेसनबाट अनुदानमा बितरण गरिएको मल पसलबाट बिक्री भइरहेको फेला परेको हो। अनुदानको मल सहकारीमार्फत मात्रै किसानले खरिद गर्न पाउँछन्।

बजार अनुगमन टोलीले बिक्री गर्ने अनुमतिसमेत नलिई साल्ट टेडिङ कर्पोरेसनबाट बितरित अनुदानको मल बिक्रि गरेको फेला पारेपछि बृष एग्रोसेन्टर सञ्चालकबाट २० हजार जरिवाना तिराइएको छ।

साल्ट टेडिङ कर्पोरेसनबाट अनुदानमा बितरित एमओसी पोटास ७५ केजी मल अनुगमनका क्रममा बृष एग्रोसेन्टरमा फेला परेको र बिक्री गर्ने प्रमाण देखाउन नसकेकोले जफत गरिएको अनुगमनमा संलग्न बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय बाँकेका निमित्त प्रमुख कृष्ण प्रसाद पौड्यालले जानकारी दिए।

अनुगमन टोलीले उक्त पसलबाट उपभोग्य म्याद सकिएका बिभिन्न बिउँ र बिषादी गरि अनुमानित आठ हजार चार सय असी रुपैयाँ बरावरको सामान नष्ट गरिएको अनुगमन टोलीमा संलग्न उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतमले जानकारी दिए। 

यसै गरि बढी मुल्यमा मल बिक्री गरेको जनगुनासो आएपछि कोहलपुरस्थित सहकारी संस्था लिमिटेडमा गरिएको अनुगमनका क्रममा युरिया मलका नाममा एलमुनियम सल्फेड मल बिल जारी नगरि बिक्री गरेको पाइएपछि अनिवार्य रुपमा बिल जारी गरि मल बिक्री गर्न निर्देशन दिइएको छ।

यसैगरि अनुगमन टोलीले कोहलपुरस्थित ओली एग्रोभेटलाई मूल्य सुचि नटासी बिक्री गरेको पाइएकाले अनिवार्य रुपमा मूल्य सुचि राख्न र उपभोग्य म्याद सकिएका बिउँ र बिषादीलाई नष्ट गर्न निर्देशन दिएको अनुगमनमा संलग्न कोहलपुर नगरपालिकाका अधिकृत बिर बहादुर बिकले जानकारी दिए।


Leave a Reply

Your email address will not be published.