विजुलीको पोल ढलेर घरमा

विजुलीको पोल ढलेर घरमा

भक्तपुरको सूर्यविनायक पाण्डुबजार जाने गेटबाट अनन्तलिङ्गेश्वर महादेव जाने बाटोमा विजुलीको पोल ढल्केर एउटा घरसम्म ठोकिएको छ। बिजुलीको पोल घरको दोस्रो तल्लाको झ्यालमा ठोकिन पुगेकाले दुर्घटनाको डर भएको वर्षौ विते पनि सम्बन्धित निकायको ध्यान नपुगेको स्थानीयको आरोप छ।

विजुलीको पोल ठोकिएका घरधनी केशव हाकुदुवालले यसरी जोखिमपूर्ण घरमा बसेको लगभग दुई वर्ष भएको बताए। जोखिम भएपछि सूर्यविनायक नगरपालिका- ६ पाण्डुबजारमा निवेदन दिएको उनले जानकारी गराए। 

वडाबाट काम नभएपछि उनले नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्र दुधपाटी अफिसमा निवेदन बुझाएको बताए। निवेदन दुईपल्ट बुझाए पनि केही काम नभएको उनको गुनासो छ। त्यही भएर अहिले त वास्तै नगरी सधै त्रासमा बस्न बाध्य भएका छौ', उनले भने। 

उनको घरमा फर्निचर कारखाना र फर्निचर पसल खोलिएको छ। साथै डेरामा बस्ने पनि छन्। उक्त घरमा एउटा सहकारीको अफिस पनि रहेको छ। पोल ठोकिएको घरसँगैको अर्को घरमा माच्छापुच्छे बैंक रहेको छ। त्यसको अपोजिट घरमा नविल बैक शाखा कार्यालय रहेको छ। महत्वपूर्ण यो स्थानमा दुर्घटना भए एउटा व्यक्तिगत घर मात्रै नभई बैंक, सहकारी संस्था, उद्योग, कलकाखानामा पनि क्षति हुने निश्चित छ।
  
स्थानीयका अनुसार केही समय अगाडि यहाँ तार सर्ट भएर आगो निस्केको थियो। पटक-पटक प्राधिकरणमा जादाँ पनि पोल सार्नका लागि सडक विग्रने भएकोले सडक विभागको स्वीकृति चाहिने कुरा गरेको उनले बताए। 

उनका अनुसार पहिला पिच बनाउँदा अलि ढल्केको थियो। त्यतिबेला बनाउन भन्दा केही हुँदैन भन्दै व्यवास्ता गरिएको उनले बताए। 'अब के धनजनको क्षेति भएपछि मात्रै काम हुनेहो,' उनले प्रश्न गरे।

नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रका प्रमुख राजकुमार रमणले घटनाबारे आफूलाई जानकरी नभएको बताए। 


Leave a Reply

Your email address will not be published.