घरभाडा  तिर्न नसक्ने भन्दै सिभिल मलका सञ्चालकलाई व्यापारीको चाबी 

घरभाडा  तिर्न नसक्ने भन्दै सिभिल मलका सञ्चालकलाई व्यापारीको चाबी 

घरभाडा  तिर्न नसक्ने भन्दै काठमाडौं सुन्धाराको सिभिल मलमा कम्प्लेक्समा व्यवसाय सञ्चालन गर्ने व्यवसायीले पसलको तालाचाबी मल सञ्चालकलाई बुझाएका छन्।

लकडाउनका कारण व्यापार नभएको र भाडा तिर्न नसक्ने अवस्था आएको भन्दै  मल सञ्चालकसँग शतप्रतिशत छुट माग गरेपनि कुनै निर्णय हुन नसक्दा  १ सय ५ जना व्यापारीले तालाचाबी सञ्चालकलाई बुझाएका हुन्।

सुन्य आम्दानीको समयमा मल सञ्चालकले भाडाका लागि ठाडो निर्देशन दिएर २५ गतेसम्म भाडा नबुझाए अतिरिक्त थप भाडा लाग्ने भनि लिखित तथा मौखिक दबाव लिएकाले आफूहरू तालाचाबी बुझाउन बाध्य भएको उनीहरूले बताए।

विगत  तीन महिनासम्म भएको लकडाउनलाई शून्य समय मानेर भाडा मिनाहा गर्न व्यवसायीले आग्रह गरे पनि मल सञ्चालकले अस्वीकार गरेका कारण व्यवसायीले चाबी बुझाएका हुन्।


Leave a Reply

Your email address will not be published.