माटोको ढिस्कोले पुरिएर गुल्मीमा एक जनाको ज्यान गयो
माटोको ढिस्कोले पुरिएर गुल्मीमा एक जनाको ज्यान गएको छ। जिल्लाको कालीगण्डकी गाउँपालीका ४ फुस्रे गाउँको खेतमा कुलो बनाउन गएका ६२ वर्षका यमबहादुर श्रीसको शुक्रबार ज्यान गएको हो।
शुक्रबार बिहान ७ वजेतिर घर नजिकै रहेको खेतमा कुलो मर्मत गरिरहेको अबस्थामा अचानक माथिबाट खसेको ढिस्कोले पुरिँदा श्रीसको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए।
घटनाको जानकारी पाएपछि प्रहरी टोली घटना स्थलमा पुगि सकेको र मृतक श्रीसको शवलाई पोष्टमार्टमका लागि ईलाका प्रहरी कार्यालय रिडि मार्फत स्वास्थ्य चौकीमा ल्याउने तयारी भएको प्रहरीले जनाएको छ।