मनसुन भाइब्स
आगामी चार दिनसम्म देशभर मनसुन सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन सक्रिय भएसँगै आज विहानैबाट राजधानी काठमाडौंसहित देशभर पानी परिरहेको छ। झरिलाई छिचोल्दै मानिसहरू विहानैबाट काममा जाने घरमा फर्किने गरिरहेका थिए। झरिले रोक्न सकेको थिएन सडकको चापलाई।