सञ्चार मन्त्रालयले भन्यो- भारतीय च्यानल बन्द गरेकोमा धन्यवाद
भारतीय समाचार च्यानलहरूको प्रशारण बन्द गरेकोमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले धन्यवाद दिएको छ।
एक विज्ञप्ति जारी गर्दै मन्त्रालय केही भारतीय टेलिभिजनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको नाम जोडेर समाचार दिएको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
भ्रामक समाचारले दुई देशबीचको मित्रवत सम्बन्धमा प्रतिकुल प्रभाव पार्न सक्ने भएकाले सबै पक्षले सम्बेदनशील हुनुपर्ने मन्त्रालयको ठहर छ
नेपालका मर्यादित संस्था र नेतृत्वलाई लान्छना गरी अनर्गल सामग्री प्रसारण गर्ने कतिपय भारतीय सञ्चारमाध्यमहरूको प्रसारणबाट राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी नेपालका डिजिटल केवल सेवाप्रदायकहरूले जिम्मेवारी बोधका साथ स्वस्फुर्तरुपमा प्रसारण रोकेकोमा मन्त्रालयले धन्यवाद ज्ञापन गरेको छ।