पेट्रोलियम पदार्थको मूल्य बढ्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको हो।
निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १/१ रुपैयाँले बढाएको छ।
निगमले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार अब पेट्रोल प्रतिलिटर १ सय २ रुपैयाँ तथा डिजल र मट्टितेल प्रतिलिटर ८८.८८ रुपैयाँ पर्नेछ।
खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने नबढेको निगमले जनाएको छ।