नेपाल रेडक्रस र कोका-कोला नेपालको पहिलो चरणको सुरक्षा सामग्री वितरण 

नेपाल रेडक्रस र कोका-कोला नेपालको पहिलो चरणको सुरक्षा सामग्री वितरण 

नेपाल रेडक्रस सोसाइटी (नेरेसो) र कोका-कोला नेपालको कोभिड–१९ को उपचारमा संलग्न अग्रपंक्तिका स्वास्थ्यकर्मी र स्वयंसेवकहरुका लागि सुरक्षा सामग्री वितरण कार्यक्रम जारी रहेको छ।
 
यस प्रोजेक्टको लक्ष्य देशभरका सातवटै प्रदेशका प्रमुख सार्वजनिक अस्पतालका स्वास्थ्यकर्मीहरु तथा अग्रपतिंका स्वयंसेवकका लागि सुरक्षा सामग्री र निस्संक्रामक वस्तुहरू उपलब्ध गराउने रहेको छ।

यो साता नेपाल रेडक्रस र कोका-कोला नेपालका प्रतिनिधिहरुको उपस्थीतिमा पहिलो चरणको वितरण कार्यक्रम अन्तर्गत नेपाल चिकित्सक संघ बागबजार, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, भरतपुर अस्पताल चितवन र कोशी अञ्चल अस्पताल मोरङलाई सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ। 

यस वितरण कार्यक्रम असार १६ गते बाट शुरु गरिएको थियो। र, हालसम्म ९५० थान एन ९५ मास्क, २६५ थान सुरक्षा बुट, स्यानिटाइजर १८०० बोटल, निर्मलीकरण केमिकल सोडियम हाइपोक्लोराइड ३०० र १३१०२ थान साबुन वितरण भइसकेका छन्।

नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीले भने, 'कोभिड विरुद्धको लडाईमा सुरक्षा सामग्रीको उपलब्धता अत्यन्तै महत्वपूर्ण काम हो। चिकित्सक र नर्सहरुको लागि यो एउटा प्रेरणा पनि हो।'


Leave a Reply

Your email address will not be published.