विश्वविद्यालयलाई कार्यकर्ता भर्ती केन्द्र नबनाइयोस् : नेविसंघ
नेपाल विद्यार्थी संघले विश्वविद्यालयलाई सत्तारुढ पार्टीको कार्यकर्ता भर्ती केन्द्र नबनाउन नहुने बताएको छ।
विश्वविद्यालयका पदाधिकारी तथा अन्य महत्त्वपूर्ण प्राज्ञिक नेतृत्वको छनोट र नियुक्ति पारदर्शी बनाउनुपर्ने, वरिष्ठता र कार्यक्षमतालाई आधार बनाउनुपर्ने माग गर्दै नेविसंघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बाँस्कोटालाई ज्ञापन पत्र बुझाएको छ।
शुक्रबार संघका अध्यक्ष राजीव ढुंगाना नेतृत्वको टोलीले उपकुलपति डा. धर्मकान्त बाँस्कोटालाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो।