एकैदिन पहिरोमा परी २३ को मृत्यु, ३६ घाइते

एकैदिन पहिरोमा परी २३ को मृत्यु, ३६ घाइते

लगातारको वर्षासँगै मुलुकका विभिन्न स्थानमा पहिरो जाने क्रम बढेको छ। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार मात्र मुलुकका १४ स्थानमा पहिरो गएको छ। पहिरोमा परी २३ जनाको मृत्यु भएको छ, भने ३६ जना बेपत्ता छन्। २६ जना घाइते भएका छन्।

म्याग्दीको धौलागिरी गाउँपालिका र मालिका गाउँपालिकामा गएको पहिरोमा परी ३ जना को मृत्यु भएको छ भने ३१ जना व्यपत्ता भएका छन्। म्याग्दीमा पहिरोमा ३५ घर पुरिएका छन्। 

कास्कीमा ७ जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् भने १७ जना घाइते भएका छन्।

प्राधिकरणका अनुसार पोखरा महानगरपालिका-१८ सराङकोटमा पहिरो खसेको छ। 

लमजुङको बेसीसहर नगरपालिका-७ सातबिसेमा पहिरो जाँदा एक घर पुरिएको छ। तीनजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। 

वडा नम्बर १७ छोरेपाटन, वडा नम्बर २५ हेम्जा, वडा नम्बर २६ पैतेडाँडा, वडा नम्बर १९ तल्लोडाँडामा पनि पहिरो गएको छ। पहिरोमा सातको मृत्यु र १७ घाइते भएका छन्। 

रुकुम पश्चिममा पनि पहिरो गएको छ। आठबिसकोट-३ मा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ। एक जना घाइते छन्।

जाजरकोटको बारेकोट गाउँपालिका-४ सार्कीगाउँमा पहिरो गएको छ। पहिरोमा परेका ७ जनाको शव फेला परेको छ भने भएका पाँच जना घाइते छन्। पाँच बेपत्ता छन्।

गुल्मीको कालिगण्डकी गाउँपालिका ४ फुर्सेमा गएको पहिरोमा परी एक जनाको ज्यान गएको छ।


Leave a Reply

Your email address will not be published.