रूपन्देहीमा मोटरसाइकल ट्रकमा ठोक्किँदा एकको मृत्यु

रूपन्देहीमा मोटरसाइकल ट्रकमा ठोक्किँदा एकको मृत्यु

सिद्धार्थ राजमार्गको बुटवल भैरहवा सडकखण्डको तिलोत्तमा शंकरपुर चोकमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु गएको छ।

बुटवलबाट भैरहवा जाँदै गरेको ना ५ ख ७८०६ नम्बरको ट्रकमा सोही दिशातर्फ आएको लु २४ प ३२५४ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलले ओभरट्याग गर्ने क्रममा ट्रकमा ठोक्किएको र मोटरसाइकलमा सवार सिद्वार्थ नगरपालिका १ बेलहियाका २३ वर्षीय संयोग शेर्पाको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि क्रिमसन अस्पताल मणिग्राम लगेकोम ज्यान गएको डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए।

शुक्रबार राति भएको दुर्घटनामा मोटरसाइकल चालक सिद्धार्थ नगरपालिकाका २० वर्षीय मुकुल लामा घाइते भएका छन्।

उनकोे टाउकोमा चोट लागेमा उपचार भइरहेको छ। ट्रक चालक बाराको जीतपुरका २६ वर्षीय सुरजप्रताप सराफलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। 


Leave a Reply

Your email address will not be published.