नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध 

नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध 

नारायणगढ बुटवल सडक खण्ड अन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ। 

गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि विहानदेखि सडक अवरुद्ध भएको हो। 

लगातारको वर्षाले डाइभर्सनमा राखिएको कल्भर्ट बगाएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए। उनका अनुसार, बिहान ४ बजेबाट सडक अवरुद्ध भएको हो। 

अहिले गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन्। नारायणगढ–बुटवल सडकखण्ड निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले सडक विस्तारका क्रममा डाइभर्सन निर्माण गरेको थियो। सोही कम्पनीले नयाँ डाइभर्सन बनाउने तयारी गरिरहेको छ।

एम्वुलेन्स समेत जान नमिल्नेगरी सडक भत्किएको छ। अहिले सम्भव हुने विरामीलाई वारीपारी रोकिएका एम्बुलेन्समा स्थानान्तरण गरिएको छ। मर्मत हुन समय लाग्ने आयोजनाले बताएको छ ।


Leave a Reply

Your email address will not be published.