नेपालमा बाढीपहिरोका घटना बढेपछि पाकिस्तानी विदेशमन्त्रीले भने- हामी नेपालीको साथमा छौँ
पाकिस्तानकी विदेशमन्त्री साह महमूद कुरैशीले नेपालमा बाढीपहिरोबाट ज्यान गुमाउने परिवारका सदस्यप्रति समवेदना व्यक्त गरेका छन्।
केही दिन यता नेपालमा भारी वर्षाका कारण बाढीपहिरो जानुका साथै धनजनको क्षतिका विवरण आइरहेका बेला कुरैसीले माइक्रोब्लग ट्वीटमार्फत नेपालीप्रति समवेदना प्रकट गरेका हुन्।
उनले आफूहरु नेपाली जनताका साथमा रहेको समेत बताएका छन्।
कुरैशीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मेन्सन पनि गरेका छन्।
At this time of distress due to flooding and landslides, we extend our heartfelt sympathies and condolences to the people of Nepal. We stand in solidarity with the Nepalese people and pray for the families affected by this calamity. @PradeepgyawaliK
— Shah Mahmood Qureshi (@SMQureshiPTI) July 10, 2020