नेपालमा बाढीपहिरोका घटना बढेपछि भारत दु:खी
भारतीय दूतावासले नेपालमा बाढीपहिरोका घटना बढ्दै गएकोप्रति दुख प्रकट गरेको छ।
गत बुधबार यता सिन्धुपाल्चोक लगायत नेपालका ८ जिल्ला बाढीपहिरोबाट ग्रस्त भएका छन्। शुक्रबार मात्र बाढीपहिरोमा परी २३ जनाको ज्यान गयो।
काठमाडौंस्थित भारतीय दूतावासले ट्वीट गर्दै बाढीपहिरोको कारण हुनगएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गरेको हो।
ट्वीटमा भनिएको छ, ‘सिन्धुपाल्चोक लगायत नेपालका विभिन्न जिल्लामा बाढीपहिरोको कारण हुन गएको जनधनको क्षतिप्रति दुखित छौं। प्रियजनहरू गुमाएका परिवारप्रति सम्बेदना एवम् प्रभावित सबैप्रति गहिरो सहानुभूति व्यक्त गर्दछौं।
सिन्धुपाल्चोक लगायत नेपालका विभिन्न जिल्लाहरुमा बाढी र पहिरोको कारण हुनगएको जनधनको क्षतिप्रति दुखित छौं। प्रियजनहरू गुमाएका परिवारप्रति सम्बेदना एवम् प्रभावित सबैप्रति गहिरो सहानुभूति व्यक्त गर्दछौं ।
— IndiaInNepal (@IndiaInNepal) July 10, 2020