बाढीपहिरोको कहर बढेपछि प्रधानमन्त्रीले बोलाए विपद् व्यवस्थापन परिषद्को बैठक

बाढीपहिरोको कहर बढेपछि प्रधानमन्त्रीले बोलाए विपद् व्यवस्थापन परिषद्को बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठक बोलाएका छन्।

बाढीपहिरोका कारण मुलुकका ११ जिल्ला प्रभावित बनेको र पानी पर्ने क्रम नरोकिएपछि ओलीले शनिबार बिहान बालुवाटारमा बैठक बोलाएका हुन्।

यो परिषद् प्रधानमन्त्रीको अध्यक्षतामा हुन्छ, जसमा सरोकारवालामन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता, सबै प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, सेनापतिसहित सदस्य हुन्छन्। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठक बालुवाटारमा बसिरहेको छ। प्रधानमन्त्री ओलीले शुक्रबार राति मात्र देशवासीका नाममा सम्बोधन गर्दै जोखिमयुक्त वस्ती स्थानान्तरण गरिने बताएका थिए। बैठकमा विपद्को पूर्वतयारी, उद्धार र राहत तथा आगामी कार्ययोजनाबारे छलफल हुनेछ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि बैठकमा सहभागी छन्। उनका स्वकिय सचिव भानु देउवाका अनुसार बैठकमा सभापति देउवाले विपद् न्यूनीकरणका लागि सरकारले चाल्नुपर्ने कदमका बारेमा धारणा राख्न सक्नेछन्।

 
 


Leave a Reply

Your email address will not be published.