माडीमा खोलाले बगाएर एकको मृत्यु
चितवनस्थित माडी नगरपालिकामा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ। माडी नगरपालिका ६ कल्याणपुर र सिमरा बजार जाने बाटोमा पर्ने रिऊ खोलामा माडी नगरपालिका ८ का फूर्वासिंह तामाङलाई खोलाले बगाएको हो।
अधिकांश भाग हिलोमा गडेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
खोला तर्ने क्रममा उनलाई बगाएको अनुमान गरिएको प्रहरीले जनाएको छ।