गण्डकी प्रदेशमा १४ कोरोना संक्रमित थपिए
गण्डकी प्रदेशमा शनिबार १४ जना कोरोना संक्रमित थपिएका छन्। प्रदेश क्षयरोग केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पाँच जिल्लाका १४ जना पुरुषमा पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।
कोरोना पोजेटिभ देखिनेमा तनहुँका चार, स्याङ्जाका तीन, बागलुङका तीन, कास्की र म्याग्दीका दुई-दुई पुरुष छन्।
योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ११ सय ७६ पुगेको छ।
संक्रमितमध्ये ६ सय ९७ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ।