बाढीपहिराे विस्थापितकाे पुनर्स्थापना गरिने, राहतको मापदण्ड पुनरावलोकन हुने

बाढीपहिराे विस्थापितकाे पुनर्स्थापना गरिने, राहतको मापदण्ड पुनरावलोकन हुने

सरकारले विपद्का घटना बढ्न सक्ने आँकलन गर्दै तीन वटै सरकारका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को शनिबारको बैठकले सबै प्रदेश र जिल्लामा रहेका विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाउने निर्णय गरेको हो।

बैठकमा सहभागी गृहसचिव महेश्वर न्यौपानेका अनुसार बाढीपहिरो पीडितलाई तत्काल उद्धार, राहत र पुनर्स्थापनाको व्यवस्था मिलाइने छ। उद्धार र राहत वितरणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई पनि तयारी अवस्थामा राखिने भएको छ।

सरकारले जोखिमयुक्त क्षेत्र आकलन गरिसकेको अवस्थामा पीडित, विस्थापितलाई सार्वजनिक स्थानका भवनमा राखिने छ।

गृहसचिव न्यौपानेले जनाए अनुसार विस्थापितलाई विद्यालय, सामुदायिक भवन वा अन्य सार्वजनिक स्थलमा अस्थायी रुपमा राखिनेछ। त्यसबोहक बैठकले राहतको मापदण्ड पुनरावलोकन गर्ने निर्णय गरेको छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित मन्त्रीहरु र विज्ञहरुको सहभागिता थियो।

गत बुधबारदेखिको वर्षाका कारण मुलुकका ११ जिल्ला प्रभावित भइसकेका छन्। बाढीपहिरोमा परेर २३ जनाको मृत्यु भइसकेको छ, भने ३६ जना बेपत्ता छन्। 


Leave a Reply

Your email address will not be published.