चितवनका नदी तटीय क्षेत्र अवलाेकन गर्दै नेकपा अध्यक्ष प्रचण्ड

चितवनका नदी तटीय क्षेत्र अवलाेकन गर्दै नेकपा अध्यक्ष प्रचण्ड

नेपाल कम्युष्टि पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा नदी तटीय क्षेत्रको अवलोकन गरेका छन्।

भरतपुर महानगरपालिका २७ र २८ को सिमाना निउरेमा नारायणी नदीले कटान गरेको क्षेत्रको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले तटबन्धनको काम प्रभावकारी तरिकाले गर्न निर्देशन दिएको भरतपुर महानगरपालिकाका प्रवक्ता अरुण पीडित भण्डारीले जानकारी दिए।

सो क्षेत्रमा नदीले ४ मिटर कटान गरिसकेको छ। अहिले नेपाली सेना, शसत्र प्रहरी र स्थानीयको सक्रियतामा तटबन्धनको कार्य भइरहेको छ।

प्रचण्डसँगै प्रदेश सांसदहरु कृष्ण भुर्तेल र विजय सुवेदी, भरतपुर महानगर प्रमुख रेणु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, वडाध्यक्षहरु लगायतको उपस्थिति थियो।

यस्तै त्यहाँ अनुगनम गरे अध्यक्ष प्रचण्ड माडीको तटीय क्षेत्र अवलोकन गर्न गएका छन् । हिजो बाढीले बगाएर मृत्यु भएका परिवारलाई भेट्न माडी पुगेको प्रवक्ता भण्डारीले जानकारी दिए। त्यहाँ प्रचण्डले मृतकका परिवार प्रति समवेदन व्यक्त गरेका थिए । माडीमा पनि रिऊ खोलाले केही भाग कटान गरेको छ।

माडी र भरतपुर महानगरपालिको पश्चिम भुभाग प्रचण्डको निर्वाचन क्षेत्र समेत हो। त्यसकारण अहिले राजनिति कार्यकर्ता भेटघाट समेत गरेको उनले बताए। आज प्रचण्ड चितवन नै बस्ने जनाइएको छ। 


Leave a Reply

Your email address will not be published.