कोरोना संक्रमणबाट नेपालमा थप तीनजनाको मृत्यु

कोरोना संक्रमणबाट नेपालमा थप तीनजनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको बताए।

मृत्यु हुनेमा काठमाडौंका दुई र सिन्धुपाल्चोकका एक जना रहेका छन्। मन्त्रालयका अनुसार पाटन अस्पतालमा २ पुरुष र काठमाडौं मेडिकल कलेजमा ( केएमसी) एक पुरुषको मृत्यु भएको हो।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या ३८ पुगेको छ। मृत्यु हुनेमा पाटन अस्पतालमा काठमाडौंको वडा नम्बर १० शंखमूलका ६० वर्षीय पुष रहेका छन्। उनी १६ असारमा अस्पताल भर्ना भएका थिए। उनको उपचारको क्रममा २६ गते मृत्यु भएको हो। फोक्सोमा पानी जमेको तथा मिर्गौलामा समस्या रहेको मन्त्रालयले जनाएको छ।

उपचारका क्रममा उनीमा असार १७ गते कोरोना पुष्टि भएको थियो।

यस्तै, पाटन अस्पतालमा नै मृत्यु भएका अर्का कोरोना संक्रमित सिन्धुपाल्चोकका रहेका छन्। उनी क्षयरोगका बिरामी रहेको मन्त्रालयले जनाएको छ।

असार १८ गते उपचारका लागि अस्पताल भर्ना भएका ४५ वर्षे पुरुषलाई असार २२ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो । उनको मृत्यु २५ भएको हो।

गोकर्णेश्वरका मिर्गौलाका बिरामी रहेका ५४ वर्षका पुरुषको असार २५ गते काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको हो। उनी १९ असारमा अस्पताल भर्ना भएका थिए।


Leave a Reply

Your email address will not be published.