थिमिमा दुईपोखरीको उद्घाटन

थिमिमा दुईपोखरीको उद्घाटन

शनिबार भक्तपुरको मध्यपुर ठिमीमा अवस्थित निगुःपुखुको उद्घाटन गरिएको छ। नेवारी भाषामा निगुको अर्थ दुईवटा र पुखुको अर्थ पोखरी हो। पोखरीको उद्घाटन मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले गरेका हुन्।

निगुःपुखु मध्यपुर ठिमीको एतिहासिक पोखरी हो। यो पोखरीको नाम लिने वित्तिकै मध्यपुर ठिमी भनेर चिनिन्छ। यस ठाउँको नाम नै निगुःपुखु रहेको छ।

प्रवेश शुल्क उठाएर पोखरीको उदघाटन गरिएको हो। प्रतिव्यक्ति दुई सय रुपैयाँ शुल्क उठाएर कार्यक्रम गरिएको थियो। मध्यपुर ठिमी नगरपालिकाका मेयर श्रेष्ठले प्रवेश शुल्क लिनुको कारण यहि पोखरीलाई संरक्षण गर्नका लागि भएको बताए। 'संरचनाहरू त बनाइन्छ तर यसलाई संरक्षण गरेन भने कसरी जोगिन्छ, त्यसैले यसको संरक्षणको लागि निगुःपुखुको संरक्षण कोषका लागि प्रवेश शुल्क संकलन गरिएको हो', उनले भने।

निगुःपुखु पुनः निर्माण गुरुयोजना कार्यान्वयन उपभोक्ता समितिका अध्यक्ष निरन्जन श्रेष्ठले पोखरीकै नामबाट त्यस ठाउँको नाम पनि निगुःपुखु भएको बताए। समारोहमा सांस्कृतिक कार्यक्रम पनि भएको थियो। 

कार्यक्रममा दुई सय जना सहभागी भएका थिए। उनीहरू सबैले दुई सय रुपैयाँ बुझाइएको बताइएको छ। कोरोनाका कारण पनि टिकट लिएर मात्रै कार्यक्रममा सहभागी हुने ब्यवस्था मिलाइएको उनले बताए।

स्थानियहरू भने पोखरी उदघाटन जस्तो सार्वजनिक कार्यक्रममा प्रवेश शुल्क लिएकोमा आपति जनाएका थिए।


Leave a Reply

Your email address will not be published.