सञ्चारकर्मीलाई प्रेस युनियनको राहत

सञ्चारकर्मीलाई प्रेस युनियनको राहत

कोरोना भाइरसका कारण समस्यामा परेका सञ्चारकर्मीलाई नेपाल प्रेस युनियन बाँकेले शनिबार राहत सामग्री वितरण गरेको छ। युनियन बाँकेले यसअघि ‘कोभिड–१९ एनपियु राहत कोष’ घोषणा गरेको थियो। 

युनियनले निर्धारण गरेको मापदण्ड अनुसार तत्कालका लागि अति समस्यामा परेका १० जना सञ्चारकर्मीलाई राहत उपलब्ध गराइएको हो। राहत प्याकेजमा चामल, दाल, पिठो, तेल, नुन र साबुन रहेको छ। उक्त राहत प्याकेज युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले सञ्चारकर्मीलाई हस्तान्तरण गरेका हुन्। 

कोरोनाका कारण अति समस्यामा परेका जिल्लाका सञ्चारकर्मीको पहिचान गरी राहत प्याकेज उपलब्ध गराइएको उनले बताए। ‘कोरोना भाइरसका कारण कतिपय सञ्चार माध्यम बन्द भएका छन्। अनेक कठिनाइकाबीच चलेका सञ्चार माध्यमले पनि सञ्चारकर्मीलाई तलब सुबिधा दिन सकेका छैनन्। यस्तो अवस्थामा अति समस्यामा परेका सञ्चारकर्मीको पहिचान गरी युनियनले राहत प्याकेज उपलब्ध गराएको हो,’ अध्यक्ष ओलीले भने। 


Leave a Reply

Your email address will not be published.