म्याग्दी पहिरो अपडेट : २७ जनाको मृत्यु, चार अझै बेपत्ता

म्याग्दी पहिरो अपडेट : २७ जनाको मृत्यु, चार अझै बेपत्ता

म्याग्दीका विभिन्न ठाउँमा गएको पहिरोमा परी २७ जनाको मृत्यु भएको छ। 

पहिरोमा पुरिएर मृत्यु हुनेमा धवलागिरी गाउँपालिकाका १८, मालिका गाउँपालिकाका आठ र रघुगंगा गाउँपालिकाका एक जना रहेको म्याग्दीका सिडिओ ज्ञाननाथ ढकालले जानकारी दिए। 

अझै चार जना बेपत्ता छन्। पहिरोमा परेर घाइते भएका १२ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये सात जनाको बेनी अस्पताल र पाँच जनाको पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। 

पहिरो प्रभावित क्षेत्रका झन्डै आठ सय ९० परिवारलाई सुरक्षित स्थानमा सारिएको सिडिओ ढकालले जानकारी दिए।


Leave a Reply

Your email address will not be published.