भारी वर्षासँगै पूर्वी तराईमा बाढीकाे खतरा, सतर्कता अपनाउन एसएमएस
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले पूर्वी तराईका जिल्लाका केही नदीखोलामा बाढी आउनसक्ने चेतावनी दिएको छ।
शनिबार राति इलाम, झापा, मोरङ, सुनसरी,उदयपुर, सप्तरी, सिराहा, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, र मकवानपुर क्षेत्रमा भारी वर्षा भएको छ।
वर्षाका कारण विरिङ,निन्दा, कन्काई, मावारतुवा, लोहन्द्रा, चिसाङ खोला, बुढीखोला, सुनसरी खोला, माउली, त्रियुगा, खाडो, बालन, खुट्टी चुरियाखोला, माउली, बकैया नदी खोलामा पानीकाे बहकाब बढेपछि तटीय क्षेत्रमा रहेका नागरिकलाई अलर्ट रहन भनिएको छ।
जोखिम बढेपछि महाशाखाले ११५५ सर्टकोडबाट सतर्क रहन बाढी पूर्वसूचनाको एसएमएस पनि पठाइएको छ।