युएईकाे नयाँ घाेषणाले आप्रवासी पनि लाभान्वित

युएईकाे नयाँ घाेषणाले आप्रवासी पनि लाभान्वित

संयुक्त अरब इमिरेट्स (युएई) १२ जुलाईमा म्याद सकिएको आवासीय भिसा र परिचयपत्र (आईडी कार्ड) को नवीकरणका लागि आवेदन स्वीकार गर्ने भएको छ।

मन्त्रिपरिषद्ले म्याद सकिएको भिसालाई वैध बनाउन, इमिरेट्स आईडी कार्डर इन्ट्री परमिट (प्रवेश अनुमति) लाई लिएर नयाँ घोषणा गरेको हो।

कोरोना भारसको महामारीको शुरुआती महिनामा लकडाउन र हवाइ उडान ठप्प भएसँगै यूएईले आवासीय भिसा, इन्ट्री र रेजिडेन्सी परमिटको म्याद बढाइदिएको थियो। 

आईसीएले भिसा, इन्ट्री परमिट र आईडी कार्डको सेवा फेरि सुरु हुने जनाएका हो।  

सबै प्रवासी नागरिक, यूएईका नागरिक, आग्रह गरिएको देशका नागरिकका अमान्य भइसकोक दस्तावेजलाई वैध गरिने फेडरल अथोरिटी फोर आइडेन्टिटी एण्ड सिटिजनशिप (आईसीए) ले जनाएको छ। 

आवासीय भिसा र आईडी कार्ड मार्च र अप्रिल  महिनाबाट अवैध भएका थिए। यसका लागि १२ जुलाईबाट आवेदन दिन पाइनेछ। 

यूएईले कोरोना भाइरस संक्रमण फैलनेबाट रोक्न लगाएको प्रतिबन्ध खुकुलो बनाएपछि यस्तो निर्णय गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ। आईसीएले युएईलाई सामान्य अवस्थामा लैजाने बताएको छ।
 


Leave a Reply

Your email address will not be published.